Wednesday, April 22News That Matters

बेलकाको खारखोलामा पहिरोले खोर सहित ९ ओटा बाख्रा बगायो, दुईघर जोखिममा

पूर्णपुष्टि, ११ असार ।
बेलका नगरपालिका वडा नं ५ खारखोलामा स्थानीयको ९ ओटा बाख्रा पहिरोले बगाएको छ । सोमवार रातिको झरिले गएको पहिरोले सोही स्थानका स्थानीय रोशन राईको खोरमा रहेको ९ बाख्रा, बाख्रा खोर र शौचालय बगाएको छ । स्थानीय युवराज लिम्वुका अनुसार पहिरोको कारण अन्य दुई घर भने जोखिममा परेको छ ।

बमबहादुर राई र रविन सुब्बाको घर भने पहिरोको जोखिममा रहेको लिम्वुले जनाए। उनिहरुले पहिरोबाट सुरक्षित हुन सहयोग मागेका छन् । सम्बन्धित निकाय, स्थानीय सरकार स्वयम स्थानीयहरुले यसतर्फ ध्यानाकर्षण गर्नु पर्ने माग गरेका छन् । बाख्रा दुखले हुर्काएको बाख्रा पहिरोले बगाउँदा झण्डै एक लाख बराबरको क्षती पुगेको स्थानीय जिम्वुले जानकारी दिए । अन्य खोर र शौचालय पनि बगाउँदा थप क्षती पुगेको छ । घटनाबारे बेलका प्रहरीले मुचुल्का उठाएर अनुसन्धान गरिरहेको छ ।