Thursday, April 23News That Matters

रौतामाईले ल्यायो ५७ करोड ६ लाख ९७ हजार बजेट

पूर्णपुष्टि, ११ असार ।
उदयपुरको रौतामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि बजेट पास गरेको छ । पालिकाले तीति तथा कार्यक्रम सँगै बजेट पारित गरेको हो । सोमबार गाउँपालिका भुट्टारमा आयोजित ‘१५ औँ गाउँसभा’मा अध्यक्ष वीरेन्द्र मगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष ०८१र८२ को बजेट व्यापक छलफल गरी पारित भएको हो । पालिकाले आर्थिक वर्षका लागि ५७ करोड ६ लाख ९७ हजार रुपैँयाको अनुमानित आयव्यय सार्वजनिक गरेको जनाएको छ । उनका अनुसार प्रस्तुत बजेटमा संघीय सशर्त, संघीय वित्तीय समानीकरण, प्रदेश सशर्त र समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आयलाई मुख्य आमदानीकोरुपमा लिईएको छ ।