Thursday, June 4News That Matters

बेलका ४ नं वडाको लागि माओवादी बाट ललित राई सहित ४ जनाको नाम सिफारिस

पूर्णपुष्टि, बैशाख ८
बेलका नगरपालिका ४ नं वडामा माओवादी केन्द्र बाट ४ जनाको नाम सिफारिस भएको छ । पुराना तथा अग्रज नेता ललित राई सहित ४ जनाको नाम सिफारिस भएको हो ।
सिफारिसमा परेका ललित राईले आफु पार्टीका पुराना तथा अनुभवी र योगदानमुखी व्यक्तित्व समेत रहेकाले आफुले नै वडाको टिकट पाउने आशावादी रहेको जनाए ।

राईको राजनितिक यात्रा र योगदान

राईले २०५७ सालमा तत्कालीन भूमिगत नेकपा माओवादी पार्टी रामपुर ठोक्सिला गाविस वडा नं ७ को जन मिसिलसिया हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । २०५८ सालमा करिब २ बर्ष संकटकाल अबधिभर गृह जिल्ला छाडी काठ्मान्डौ लगायतका ठॉउहरुमा दुखका साथ लुकीछीपि ज्यान बचाए । पछि प्रहरीको लिस्टेड खोजिमा परेपछि राईले गाउँनै छाडेका थिए ।

२०६१ र ६२ मा संकटकाल अबधीमै रामपुर ठोक्शिलाबाट ‘संगिन ‘ रॉको ‘जस्ता मासिक भित्ते पत्रिका सम्पादक गगन नामबाट ३ अंक सम्म प्रकाशन समेत गरेका थिए । पछि गॉउ छोडेपछि प्रकाशन बन्द भएको थियो ।

राईले २०५६ सालमा महेन्द्र मोरङ क्याम्पस बिराटनगर अध्ययनको क्रममा अनेरास्ववियु क्रान्तिकारीको सदस्यता प्राप्त गरे
भने २०६२ मा वाईसिएल गॉउ कमिटी सदस्य बने । २०६३ अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी रामपुर ठोक्शिला गॉउ कमिटी अध्यक्ष र
२०६३ ÷ ६४ मा गॉउ कमिटी सदस्य तथा किरॉती मुक्ति मोर्चाको सदस्य बने ।

२०६७ र ६८ मा उदयपुर जिल्ला भेला आयोजक सदस्य हुँदै २०७२ ईलाका कमिटी सदस्य बने भने २०७४ मा बेलका नगर सदस्य, २०७६ नगर कमिटी सचिवालय सदस्य, २०७८ नगर कमिटी सचिवालय सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख हुँदै हाल नगर पार्टी सचिवालय सदस्य तथा नगर पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् ।

राईको उम्मेदवारी किन ?

राईले आफ्नो उम्मेदवारीका कारण बेलकावासीहरुलाई सुखी बनाउने जनाए । उनले जनता खुसी हुनका लागि नेतृत्वले जनतामुखी काम गर्नु पर्ने भन्दै उनिहरुका भन्दै जनताको आवश्यकलाई प्राथामिकतामा राखी उम्मेदवारीको घोषणा गरेको जनाए ।

उनले आफ्नो प्रतिवद्धता चरणबद्ध रुपमा प्रस्तुत समेत गरेको छ । बेलकामा ४ मा हलै समस्याका कार्यहरुलाई तिव्र बनाई जनताको समस्या हल गर्नेनै आफ्नो पहिलो उदेश्य रहेका जनाए । उनले बेलाकावासीहरुमा रहेको समस्याहरु शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, व्यवस्थित सडक, सडक कालोपत्रे बेरोजगारको लागि स्वरोजगार निति जस्ता महत्वपूर्ण एजेन्डा तयारीका साथ आफुले नेतृत्वको लागि इच्छा राखेको जनाए ।

उनले ,बेलका ४ मा रहेको एक प्रमुख समस्या सिसुवा खोला नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । साथै कृषि पशुपालन व्यावसायलाई प्रबर्धन र व्यावसायीकरण, दलित जनजाति, समुदायको सामाजिक आर्थिक सॉस्कृतिमा पहुँच, युवा स्वरोजगार वनाउन नितिगत व्यवस्था, शैक्षिक क्षेत्रको व्यापक सुधार, , स्वास्थ्यको पहुँचमा बृद्धि, वडाका प्रत्येक टोल बिकासका टोल भवन निर्माण र मठमन्दिर, चर्च गुम्बा निर्माण सहयोग गर्ने जस्ता कार्य गर्ने जनाए । राई लामो समय देखी पत्रकारितामा पनि आवद्ध रहेका छन् भने पुरानो पत्रकार समेत हुन् ।

बेलाका ४ का लागि राई सहित विदुर दाहाल, तिर्थ पराजुली र अर्जुन भट्टराई समेतको नाम सिफारिस भएको छ । दाहाल ४ नं वडा कमिटी अध्यक्ष हुन् भने पराजुली पार्टीका वडा कमिटी इन्चार्ज रहेका छन् । भट्टराइृ भने नगर सदस्य हो ।