Tuesday, April 21News That Matters

बैँकिङ कसुरमा १३ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी अर्की महिला पनि पक्राउ

पूर्णपुष्टि, साउन ११

बैँकिङ कसुरमा फरार रहेकी तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी महिला तनहुँ व्यास नगरपालिका–९ की ४५ वर्षीया शोभा गुरुङ रहेकी छिन् । उनिलाई केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

गुरुङले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सानिमा बिकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई १३ लाख ७० हजार बराबरको चेक काटेर दिएकी थिइन् ।

उच्च अदालत पाटनको २०७७ साल चैत ३० गतेको फैसलाले गुरुङरीलाई १३ लाख ७० हजार जरिवाना र १४ दिन कैद सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुरुङलाई सोमबार कुपण्डोलबाट पक्राउ गरेको जनाएको छ ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

गुरुङलाई फैसला कार्यान्वयनको लागि पाटन उच्च अदालतमा सोमबार पेश गरिएको छ भने उनलाई सोमबार नै कारागार चलान गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।