
पूर्णपुष्टि, साउन २५ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–११ मा रहेको संगम सामुदायी पुस्तकायलमा दियो–सूचना कर्नर उट्घाटन गरिएको छ । नगरका मेयर बसन्त कुमार बस्नेत र उपमेयर महेश्वरी राईले मंगलबार दियो–सूचना कर्नर तथा ई–लाईब्रेरीको उट्घाटन गर्नुभएको हो ।
सुरक्षित आप्रबासन परियोजन सुरक्षित बैदेशिक रोजगारमा सहयोग पुर्याउने उद्देश्यले “दियो” परियोजना सञ्चालन गरिएको पुस्ताकालयका अध्यक्ष भरत खड्काले बताउनुभयो । उहाँको अनुसार विदेश जानेको लस्कार लागेको र फर्किदा बाकस्मा आउने गरेका छन् । यस्तो हुन नदिन र विदेश जाने हरेक व्यक्तिलाई सहि मार्ग देखाउन “दियो” परियोजनाले निकै ठूलो भूमिका खेल्ने छ ।

बैदेशिक रोजगार विभागकका अनुसार २०७८ को असार मसान्त सम्ममा ६३ लाख २ सय ११ नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । राष्ट्रिय बैंकको तथ्याङ्क अनुृसार बैदेशिक रोजगारबाट आएको रेमिटान्सले देशको कुल ग्राहस्थ उत्पादनमा २२.५ प्रतिशत योगदान गरि अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ । बैदेशिक रोजगारले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई सुरक्षित बनाउनु पर्नेमा स्थानीय सरकार तथा सरोकारवालामा खड्काले जोड दिनुभएको छ ।
उट्घाटन कार्याक्रमको प्रमुख अतिथि बस्नेतले नगरमा भएको एकमात्र सामुदायीक पुस्ताकाल हाम्रो गौरव रहेको बताउनुभयो । पुस्तालयलाई अझ राम्रो बनाउनुको लागि नगरको तर्फबाट साथ सहयोग र सहकार्य हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

पुस्ताकालको लागि नगरको तर्फबाट १ लाख बजेट विनियोजन भईसकेको उपमेयर राईले बताउनुभयो । उहाँकाले भन्नुभयो “अध्ययन सिकाई कहिले पनि र्पूण हुदैन, जब सम्म मान्छेमा चेतना हुन्छ तब सम्म मानिसले सिकिरहन्छ । ” यसैको लागि पुस्ताकालय हो बताउनुभयो । नगरबाट बैदेशिक रोजगारमा कति गए, कति फर्किएर आएर के गर्दै छन् र अब उनीहरुलाई सिप सिकाउने कार्याक्रम समेत रहेको राईले बताउनुभयो ।
रेडियो उदयपुरको स्टेसन म्यानेजर बन्दना दनुवारका अनुसार बैदेशिक रोजगार आफैमा एउटा गम्भीर विषय रहेको छ । उहाँका अनुसार बैदेशिक रोजगारको विषयमा रेडियोबाट सन्देशमूलक सूचना प्रवाह गरे र यो अभियानलाई मदत गर्ने बताउनुभयो ।

