Wednesday, June 10News That Matters

ब्राउन सुगर र गाजाँ सहित पुरुष पक्राउ

पूर्णपुष्टि, साउन २५

झापा अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जी रहेका छन् ।हिजो बेलुका साढे ७ बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा सहित दर्जीलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भईरहेको छ ।