Wednesday, June 10News That Matters

मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

पूर्णपुष्टि, साउन २५
मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ६१ बर्षीया सितादेबि ढकाल रहेकी छिन् ।

हिजो राती पौने ९ बजे आफ्नो घर अगाडी बसिरहेकी सितादेबिलाई पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। ठक्करबाट घाईते भएकी महिलालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाईकल र चालक मोरङ बेलबारी–६ का २३ बर्षीय अमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।