Monday, April 20News That Matters

बोक्साको अभियोगमा एक पुरुषमाथि कुटपिट, एकजना पक्राउ

पूर्णपुष्टि, कार्तिक १२
बोक्साको अभियोगमा एक जना पुरुषमाथि निरघात कुटपिट भएको छ । औरही नगरपालिकाका–९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीयहरुले बोक्सा भनि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ ।

कुटपिटको शिकार भएका ठाकुर र रामशिलाका पति पहिला सँगसँगै काम गर्थे । उनीहरु दुवै जना सँगै बसेर रक्सी पनि पिउने गर्थे । दशैंको केही दिन अगाडि दुवै जनाले रातिको समयमा रक्सी पिएका थिए । त्यसको भोलिपल्ट रामशिलाका पतिको मृत्यु भयो ।
पतिको मृत्युपछि गत कात्तिक १० गते उनका छोरा मोटरसाइकल दुर्घटनामा परेका थिए । यो दुई घट्ना ठाकुरले नै टुनामुना लगाएर गराएको भन्दै रामशिलाले घरमै गएर ठाकुरमाथि कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ ।
ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितकाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।
कुटपिट गर्दै ठाकुरलाई मलमूत्र पनि खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न एक जनालाई पक्राउ गरी थप अनुसनधान अगाडी बढाईएको छ ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न रामशिलादेवीलाई पक्राउ गरिएको हो । अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।