
पूर्णपुष्टि, माघ १४
त्रियुगा नगरपालिका १० बोक्सेमा प्रथम वडाअध्यक्ष गोल्डकप कप सुरु भएको छ । उक्त कप शनिवारबाट बोक्से स्थित नयाँवस्ती खेलमैदानमा सुरु भएको हो । खेलमा ८ ओटा टिमले सहभागी जनाएको छ । वडा युवा तथा खेलकुद विकास समिति त्रिनपा १० को आयोजनामा भएको खेलको प्रथम टिमले १ लाख नगद सहित बिभिन्न पुरस्कार हात पार्ने छ । खेलमा दोस्रो हुने टिमले ५० हजार नगद सहित अन्य नगदहरु पाउने छ । खेलको उद्घाटन खेलमा चौदण्डीगढी र कटारीको प्रतिस्पर्धा हुने छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गरेका थिए । खेल २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।





