Tuesday, April 21News That Matters

भरुवा बन्दुक सहित १ जना पक्राउ

पूर्णपुष्टि, मंसिर २०

खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । हिजो दिउँसो ३ बजे बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोलिले राईको घरमा खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो । घटना सबन्धमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।