
पूर्णपुष्टि, जेष्ठ २६ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सा नहटाएसम्म नेपलले पनि आफ्नो सांसद भवनमा टिष्टा र काँगडालाई समेटिएको नक्सा टास्नु पर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यदी भारतले त्यसलाई सांकृतिक र ऐतिहासिक नक्सा भनेर सांसद भवनमा राखिराख्न पाउछ भने हामिले सतलजसम्म पुगेको हाम्रो सिमाना, रावी नदिको छेउसम्म पुगेको सिमाना, टिस्टा र काँगडालाई पनि समेटिएको नक्सालाई सांसद भवनमा टास्दापर्ने बताएका हुन् ।
बिहीबार भारतीय विदेशमन्त्री यश जयशंकरले संसदमा टाँसेको ‘अखण्ड भारत’को नक्साबारे बंगलादेश र नेपालले बुझिसकेको अभिव्यक्ति दिएका थिए । पन्तले के नेपालले भारतिय नक्साबारे चित्त बुझाईसकेको हो भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।
