
पूर्णपुष्टि,फागुन २
भारतको आन्ध्र प्रदेशमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।
