Sunday, May 17News That Matters

विराटगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

पूर्णपुष्टि,फागुन २

विराटनगरमा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको  छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ट्रकको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एक वृद्धको हिजो मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५६९१ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  मोरङले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा साँझ मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धानबाट मृतक श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन गरेर साइकलमा यात्रा गरिरहेको खुलेको छ । ट्रक र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय अमीर राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।