
पूर्णपुष्टि, फागुन ९ गते । भारतीय अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोसको सोमबार निधन भएको छb। उनको ७९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
उनले सन् १९५९ देखि १९८० को बीचमा २ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । भने पछिल्लो फिल्म १९८० मा सौ दिन सासके प्रदर्शन भएको थियो । उनी राष्ट्रिय स्तरकी पौडी खेलाडी समेत थिइन् । उनले सन् १०६७ मा अभिनेता तथा निर्माता आशिष कुमारसँग विवाह गरेकी थिइन् । उनीहरूको एक छोरा र एक छोरी छन् ।
