
पूर्णपुष्टि फागुन ९ गते । मोरङको बिराटनगर महानगरपालिका–१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका– ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन ।
यहि फाल्गुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको थियो । उक्त जानकारी प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक सहितको प्रहरी अनुसन्धान टोली घटनास्थमा खटिएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
