Thursday, June 11News That Matters

भारोत्तोलनकी खेलाडी सञ्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा फेला

पूर्णपुष्टि, वैशाख २७ गते ।
भारोत्तोलनकी खेलाडी सञ्चु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको छ । चौधरी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला पहरी परिस, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए ।
प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको शाहले बताए । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन ।
प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको प्रहरीले जनाएको छ ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन् ।