Thursday, June 11News That Matters

रुकुम(पूर्व) मा महिलाको शव फेला

काठमाण्डौँ, बैशाख २७

रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिनुभयो । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । (रासस)