Thursday, May 28News That Matters

भुल्केमा आज पुनः परिक्षणका लागि स्वाव संकलन हुदै, १६० को स्वाव लिइसकियो

पूर्णपुष्टि, वैशाख २४ ।

देशकै सबैभन्दा बढि कोरोना संक्रमित २८ जना भेटिएको उदयपुरको भुल्केमा आज पुनः परिक्षणका लागि नमुना संकलन कार्य भइरहेको छ । आज विहानदेखि नै थालिएको परिक्षण कार्य १० बजेसम्ममा १ सय ६० जनाको स्वाव नमुना संकलन भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रकालाई आवश्यकता अनुसार पुनः परिक्षण गर्ने र अन्य केही थप स्थानीयको पनि नमुना स्वाव संकलन गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।

पुनः परिक्षण र नयाँ थप केहीका गरी करिब ३ सय ५० जनाको नमुना स्वाव संकलन गरी परिक्षण गरिने बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतको सहयोगमा सुरक्षा घेरामा रहेको उक्त स्थान भुल्के गत वैशाख ५ गतेदेखि नै शिल रहेको छ ।