Friday, May 22News That Matters

भोटेकोशी नदीमा एक्कासी बाढी आएपछि तटिय क्षेत्रमा सतर्कत रहन आग्रह

पूर्णपुष्टि, साउन १

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा एक्कासी बाढी आएको छ । भोटेकोसी र सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै बलेफी नदीमा पनि बाढी आएको छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने अनुमान छ । त्यस्तै आज कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्तीका केही साना सहायक नदीमा आकश्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

यी नदीमा ठूलो बाढीको जोखिम नरहेको तर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहदै काम गर्न महाशाखाले आग्रह गरेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसूनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ ।