
पूर्णपुष्टि, साउन १
विश्वभरमा कोरोना संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या ८० लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म १ करोड ३६ लाख ९१ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएकामध्ये ८० लाख ३७ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डोमिटरले जनाएको छ ।
अहिले उपचार गराइरहेका ५० लाख ६७ हजारभन्दा धेरैमध्ये १ प्रतिशत अर्थात साढे ५९ हजार जनाको अवस्था जटिल रहे पनि बाँकी ५० लाख भन्दा धेरैको अवस्था सामान्य छ ।
अहिलेसम्म कोरोना संक्रमितमध्ये कारण ५ लाख ८६ हजार जनाको मृत्यु भईसकेको छ ।
भारतमा मात्रै अहिलेसम्म ९ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भईसकेको छ भने साढे २४ हजारभन्दा धेरैको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ । विश्वभर कोरोना सङ्क्रमित धेरै हुने देशको सूचीमा भारत तेस्रो स्थानमा छ ।
