Wednesday, June 17News That Matters

भोट माग्दा गरेका वाचाहरुको हेक्का छ, जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु : गृहमन्त्री रवि लामिछाने

पूर्णपुष्टि,माघ ७ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले भोट माग्दा गरेको बाचा गरेको हरेक शब्दको हेक्का रहेको बताएका छन् । आफूले बोलेका शब्द–शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन्।

मन्त्री लामिछानेले शनिवार विहान सामाजिक सञ्जालमा लेखेका छन् मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु। धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ । तर ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।

सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् ।