Wednesday, June 17News That Matters

महानगरले गरेको कार्यशैली माथी प्रश्न उठ्न थालेपछि मेयर बालेन साह असंयमित बन्दै

पूर्णपुष्टि,माघ ७ । काठमाडौँ महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि मेयर बालेन साह असंयमित हुन थालेको छ । महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभावी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरुलाई मेयर बानेलले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेको हो ।

शुक्रवार राति चलचित्र दिर्नेशक तथा कमेडी क्लब विथ च्याम्पियनका निर्माता बिशाल भण्डारीले सार्वजनिक रुपममै भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन् । भण्डारीलाई मेयर बालेनले व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ? पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।

मेयर साहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन्,‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दुस्ख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?