Monday, May 11News That Matters

मदनभण्डारी राजमार्ग सुचारु

पूर्णपुष्टि/उदयपुर, असोज २१ ।
निरन्तर वर्षाले ठाउँठाउँमा अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग सञ्चालनमा रहेको छ । मदनभण्डारी राजमार्गको भिमान–बसाहा सडकखण्डसमेत हेर्दै आएको गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्ग सञ्चालन छ । ठाउँठाउँमा पहिरोले अवरोध खडा भएकोमा हटाइसकिएको छ ।
पूर्व–पश्चिम यात्र गर्ने सबै सवारी साधन हाल सुचारु रहेको जनाइएको छ ।