Wednesday, April 22News That Matters

हर्क साम्पाङ गाईघाट आउदै

पूर्णपुष्टि उदयपुर, असोज २१ ।
श्रमदान अभियानता एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आगामी ३० गते गाईघाट आउने भएका छन् । उनी किन, के का लागि र कसरी आउदै छन् भन्ने स्पष्ट भइ सकेको छैन । तथापी उनी संगठन विस्तारको उद्देश्यले आउन लागेको हुनसक्ने अनुमान धेरैको छ । उनले केही समयअघि श्रम संस्कृती पार्टी खोलेका छन् ।
उनी धरानको मेयर भएपछि र श्रम अभियान अगाडि भएपछि उदयपुरको सदरमुकाम गाईघाटमा औपचारिक आगमन पहिलो पटक हो ।
उदयपुरमा उनको प्रशंसक र उनको अभियानमा जोडिने अभियानता छन् । उनीहरुले निकै अगाडिदेखि नै साम्पाङलाई ल्याउने प्रयत्न गरिरहेका थिए । उनीहरुको गएरातीको बैंठकले आगामी ३० गते साम्पाङलाई गाईघाट ल्याउने निधो गरेको बताइएको छ ।
श्रम तथा सफाइ अभियानता एवम् पत्रकार बुद्धि चामलिङले साम्पाङ गाईघाट आउने बारे फेसबुक स्टाटसमा जानकारी दिएकाछन् । “असोज ३० गते बिहिबार दिउँसो १ बजे गाइघाटमा हर्क साम्पाङ राई आउदै । सबै शुभेच्छुक, शुभचिन्तक, समर्थक लाई सुचना गरिन्छ ।” –उनले लेखेका छन् ।
श्रमपितासमेत भनेर चर्चामा ल्याइने साम्पाङ गाईघाट आउने भएपछि धेरैको चासो बढेको छ ।