Sunday, April 19News That Matters

मदन भण्डारी राजमार्गको अधेँरीमा मालबाहक ट्रक दुर्घटना, दुईको मृत्यु

पूर्णपुष्टि/उदयपुर, माघ ४ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा  आज मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
नारायणघाटदेखि सामान बोकेर गाइघाटतर्फ जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेका छन् । ट्रकले किचिएका दुईजनाको उद्धार गर्न कठिन भएको उद्धारमा खटिएमा एक ट्राफिक प्रहरीले जानकारी दिएका छन् ।
दुर्घटना भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक केदारमान दोङले पुष्टि गरेका छन् । नेपाल प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए ।
“घटनास्थलमा मालबाहक ट्रकले किचेर विभत्स अवस्थामा रहेका दुईजनाको शब निकाल्न प्रहरी खटिरहेको छ । ट्रकले किचेको अवस्थामा शब निकाल्न कठिन परेको हो ।” प्रनाउ दोङले भने ।
अत्याधिकमात्रामा दुर्घटना हुने उक्त स्थानमा फेरी अर्को भयावह दुर्घटना भएको हो । उक्त ठाउँलाई ट्राफिकले ब्ल्याक स्पोर्ट नामाकरण गरी सतर्करुपमा सवारी चलाउने सुचित गर्ने गरेको छ ।