Thursday, June 11News That Matters

मदिरा सेवन गरी प्रहरीले कुटे मतदान अधिकृत

पूर्णपुष्टि, वैशाख २८ गते ।
निर्वाचन सुरक्षामा खटिएका एक जना प्रहरी अधिकारीबाटै मतदान अधिकृत, म्यादी प्रहरी र गाउँले कुटिएका छन् । नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।
पश्चिम सुर्खेतको पञ्चरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आदिवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले मदिरा सेवा गरि कुटपिट गरको हो ।
मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए । स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई उद्धार गरेर मतदान अधिकृतलगायतको टोली बसेको घरमा राखिएको थियो । उनले बोकेको पेस्तोल अन्य प्रहरीले खोसेका थिए । भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।
बुधवार राति ११ देखि बिहान ६ बजेसम्म भट्टले खसहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेहरु सहित आफूलाई पनि कुटपिट गरेको मतदान अधिकृत झाले बताए ।
मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए ।