Thursday, June 11News That Matters

गाउँपालिका अध्यक्षका उम्मेदवारलाई स्थानीयले लखेटेपछि सशस्त्रले लियो नियन्त्रणमा

पूर्णपुष्टि, र्वैशाख २९ गते ।
इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सन्दकपुर–५ को जमुनामा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार उदय राईलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले लखेटेका थिए ।
राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्की समेत मौन अवधिमा प्रचार–प्रसारको काममा लागेका थिए । स्थानीयलले लखेटेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएकोे हो ।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।
मौन अवधिमा राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।