
पूर्णपुष्टि, वैशाख २९ गते ।
तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्षसतिह तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपित गरेको आरोपमा उनलाई प्रहरीले पक्रा उक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगर छन् । मेद्ना रानामगर चालक हुन् । उनीहरुलाई अहिले इलाक प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रहथुमका डिएसपी निशान थापाले बताए । योजनाबद्ध आक्रमणबाट सत्तारुढ गठबन्धनका कार्यकर्ता घाइते भएका छन् ।
