Friday, May 1News That Matters

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

पूर्णपुष्टि, जेठ २५ । मधेस प्रदशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सिंहले प्रदेश प्रमुख भण्डारी समक्ष जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् । यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्न आव्हान गरेकी थिईन् । उनले दाबी पेश गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।