
पूर्णपुष्टि, कार्तिक २४ । मुख्यमन्त्री नियुक्तिको विवादले तीव्र रूप लिएसँगै मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा तोडफोड भएको छ । प्रदेश प्रमुखको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा कार्यकर्ताहरूले कार्यालय अगाडि रहेका बोर्ड र गमलामा क्षति पुर्याएका छन् ।
प्रदर्शनकारीहरू कार्यालय परिसरमा नाराबाजी गरिरहेका छन् । उल्लेखनीय छ कि उपचारका लागि काठमाडौं गएकी प्रदेश प्रमुख भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादवलाई बर्दिबासस्थित एक होटलमा शपथ गराएकी थिइन् । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भइसकेको छ ।
