Monday, May 4News That Matters

मनसुनी वायुले ल्याउन सक्ने भारी वर्षाको चेतावनी

पूर्णपुष्टि, असार २० । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान गरिएको छ।

विशेषगरी कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज अपराह्न र राति यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

आगामी २४ घण्टामा पनि उल्लेखित प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेकोले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकोले सावधानी अपनाउन अनुरोध गरिएको छ। यस्तै, भारी वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पार्न सक्ने भएकोले सम्बन्धित क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ।