
पूर्णपुष्टि, बैशाख ३०
प्रदेश नं १ का मन्त्री हिमाल कार्कीले मतदान गरेका छन् । उनले त्रियुगा नगरपालिका ७ को वालहित आधारभूत विद्यालय बाट मतदान गरेका हुन् । मन्त्री कार्कीले सो केन्द्र बाट करिब बिहानको ८ बजेको समयमा मतदान गरेका हुन् । मन्त्री कार्की उदयपुरका कांग्रेस सभापति समेत हुन् ।
