
पूर्णपुष्टि, वैशाख ३० ।
परराष्ट्र मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काले उदयपुरको बेलका नगरपालिकाबाट मतदान गरेका छन् । मन्त्री खड्काले बेलका–८ को डुडखोला मतदान केन्द्रमा ८ः४० बजे मतदान गरेका हुन् । स्थानीय निर्वाचनमा उनी जिल्लामा सक्रियतापूर्वक खटेका थिए ।
