Thursday, June 11News That Matters

मेयर पदका उम्मेदवारहरु चौधरी, राउत र बस्नेतले गरे मतदान

पूर्णपुष्टि, बैशाख ३०
त्रियुगा नगरपालिकाको मेयर पदका तिनै उम्मेदवारहरुले आ–आफ्नो केन्द्र बाट मतदान गरेको छ । नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीका संयुक्त गठबन्धनका तर्फ बाट मेयर पदका उम्मेदवार बलदेव चौधरी, नेकपा एमाले बाट मेयर पदका उम्मेदवार भागत राउत र कांग्रेस बाट बसन्त बस्नेतले मतदान गरिसकेको छ । चौधरी र बस्नेतले त्रियुगा नगरपालिका स्थित त्रिउमावि बाट मदतान गरेक छन् भने राउतले त्रिनपा १० बोक्से स्थित वालमन्दिर मावि बाट मतदान गरेका छन् । उनिहरुले करिब ८ बजेको समयमा मतदान गरेको छ । यस्तैगरी उपमेयर पदकी उम्मेदवार महेश्वरी राई, सरिता राई र गिता खड्काले पनि मतदान गरेकी छिन् ।