Wednesday, April 22News That Matters

मलेसियामा उदयपुरकी एक महिलाको निधन

पूर्णपुष्टि, जेठ २९ । वैदेशिक रोजगारको सिलशिलामा मलेसिया गएकी एक नेपाली महिलाको निधन भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी–३ हात्तीसार बसाहा घर भई बेलका–५ सुफाडे बस्ने ३१ बर्षीय सिता राई रहेकी छन् ।

उनको आईतबार सामान्य विरामीकै कारणबाट मृत्यु भएको वडा अध्यक्ष सिताराम राईले बताए । सिताले केही महिना पहिले (एपेन्डिसाइड) रोगको सल्यक्रिया गरेको अध्यक्ष सिताराम राईले बताए । अचानक विरामी छ भन्ने खबर सुनेको र आईतबार मृत्यु भएको खबर आएको अध्यक्ष राईले बताए । उनको श्रीमान पनि वैदेशिक रोजारको सिलसिलामा युएइमा छन भने उनको ९ वर्षीय एक छोरा छन् । उनि मलेसियामा २ बर्षदेखी कार्यरत थिए ।