
उदयपुर, कार्तिक २४ ।
उदयपुरकी एक विवाहित महिलाको नामको फेसबुक फेक आइडि बनाइ नकारात्मक हर्कत गर्ने ब्यक्ति पत्ता लागेको छ । बैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका उदयपुरको रौतामाई गाउँपालिका–६ का निश्चल राई रहेको पत्ता लागेको हो । उनी करिब एक बर्षअघि बैदेशिक रोजगारमा गएको बुझिएको छ ।
पिडित महिलाकी श्रीमान्, दाजुले विभिन्न प्रविधि र उपाय लगाई फेक आइडी बनाउने ब्यक्ति पत्ता लगाएको हो । उनले मलेसिया गएको केही समयपछि ती महिलाको फेक आइडी बनाइ विभिन्न ब्यक्तिहरुलाई जोडेर अश्लिल कुराहरु गर्ने, म्यासेज, फोटो र भिडियो पठाउने गरेका थिए ।
पिडित महिलाले फेक आइडीका कारण तनाव झेलिरहेकी थिइन् । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्ता लगाई कारवाहीको मागसहित उजुरीसमेत दिएकी थिइन् । नकारात्मक हर्कतका प्रमाणसहित पत्ता लगाए पछि गल्ती भएको भन्दै उनले म्यासेजमार्फत माफी मागिरहेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरी मानसिक तनाव र चरित्र हत्या गरेकाले कानुनी कारवाहीमा जाने पिडित पक्षले जनाएको छ । यस्ता कसुरमा एक लाख रुपैया जरिवाना र दुईबर्षसम्म जेल सजाय हुने सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धीको कानुनमा उल्लेख छ ।
