Wednesday, June 10News That Matters

महिला इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

पूर्णपुष्टि, जेष्ठ ३० । इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ९ रनले हराएको छ । हङकङमा जारी महिला इमर्जिङ टिम्स कपमा आज भएको खेलमा पाकिस्तनाले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको हो ।

नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन नसक्दा नेपाल पराजित भयो । ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।

यसअघि नेपालले राम्रो बलिङ गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । नेपालका लागि इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए । इन्दुले लगातार २ बलमा २ विकेट लिइन् ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।