Saturday, April 18News That Matters

महिला टीमले किर्गिस्तानमा फुटबल खेल्ने

साउन २८ गते । 

कार्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगीतामा नेपाली राष्ट्रिय महिला टीमले खेल्ने भएको छ । महिला टिमले कार्गिस्तानको प्रतियोगीता खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रतियोगीतामा चार देशको सहभागिता रहेन छ । प्रतियोगिताको आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहेको छ ।

सेप्टेम्बर ६ देखि १३ तारिखसम्म खेल संचालन हुने छ ।यो प्रतियोगितामा नेपालले सहभागिता जनाउनुको मुख्य उद्देश्य नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राम्रो प्रदर्शन गर्नु हो ।

साग खेलकुद नेपालमा आगामी डिसेम्बर एकदेखि १० तारिखसम्म हुदैछ ।