Saturday, June 13News That Matters

माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्षमा आर्यालको मानोनयन दर्ता

पूर्णपुष्टि, माघ २२ गते । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् ।

आईतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा उपाध्यक्ष मनोनयनको समय रहेको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आर्याललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेबाट राष्ट्रिय सभा अध्यक्षमा गणेश प्रशाद तिमिल्सिना रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीका हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रिय सभामा ५९ सांसद रहेको छ । राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल एमाले संग १६ जना सांसद रहेको छ भने दोस्रोमा माओवादी संग १५ सांसद रहेको छ । तेस्रो ठुलो दल काग्रेस संग १० जना सांसद रहेको छ ।