Friday, June 12News That Matters

माओवादी केन्द्रकी २४ वर्षीया गीता बनिन् पालिका उपाध्यक्ष

पूर्णपुष्टि, जेठ ३ गते ।
माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा उम्मेदवार रहेकी २४ वर्षीया गीता शाही निर्वाचित भएकी छिन् । जाजरको जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी नैनसरा शाहीलाई २ सय ४० मतान्तरले पराजित गर्दै गीता विजयी भएकी हुन् ।
शाहीले २ हजार ६ सय ५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २ हजार ४ सय २९ मत पाइन् । विद्यार्थी राजनीतिबाट सक्रिय भएकी शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।