
पूर्णपुष्टि, वैशाख २० गते ।
माओवादी केन्द्रबाट उम्मेदवारी दिएका एक ६० वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ । बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार रहेका हरिराम साउँमाथि सोमबार खुकुरी प्रहार भएको हो ।
हिजो राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए ।
गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
