
पूर्णपुष्टि,चैत्र १ । नेकपा माओवादी केन्द्र भोजपुरले जिल्लाको सवै स्थानीय तहका वडा, पालिका र प्रशासन कार्यलय मार्फत बादर आतंक नियन्त्रणको लागि पहल गर्न ज्ञापनपत्र बुझाएको छ । जिल्लाका किसानहरु बादर आतंकबाट पीडित हुदाँ समेत सरकारले पहलकदमी गर्न नसकेको भन्दै पार्टीले यसको समुचित पहल गर्न दवाव स्वरुप ध्यानाकर्षण गराएको जनाएको छ ।
“बाँदर आतंकको कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने संख्या दिनानुदिन बढिरहेको छ ।” ज्ञापनपत्रमा भनिएको छ,“ राज्यले गम्भीरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरि किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनैपनि गाउँ मानववस्ती विहीन हुने कुरा निश्चित छ । यसैले आम किसानहरुको समस्यालाई मध्यनजर गरि तत्काल बाँदर नियन्त्रण गर्न यस कार्यलय मात्रर्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।” पटक पटक किसानहरुका समस्या सम्वन्धित निकायमा राख्दा समेत ध्यानाकर्षन नभएकाले आफुहरुले पहिलो चरणमा दवाव स्वरुप ज्ञापनपत्र बुझाएको भोजपुर पार्टी सचिव बलभद्र राईले बताए ।
भोजपुरको अधिकांस स्थानमा अहिले बाँदरले जनजीवनमा असर पारिरहेको छ । मानव बस्तीमा पसेर किसानहरुको बालीनालीमा असर गर्दा कतिपय गाउँबाट मानिसहरु बसाईसराई हुन बाध्य परिरहेका छन् ।

