Wednesday, June 10News That Matters

उपराष्ट्रिपति निर्वाचनमा पनि राप्रपा तथस्ट बस्ने

पूर्णपुष्टि, चैत १ ।उपराष्ट्रिपति निर्वाचनमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी तथस्ट बस्ने भएको छ । आज राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहिमा बसेको केन्द्रिय सम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा मत नदिई तथस्ट बस्ने निर्णय गरेको हो ।

राप्रपाको बैठकले निकालेको विज्ञप्तीमा किसानले रसायनिक मलमा पाउँदै आएको अनुदान र मुल्य वृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानविय र अनुचित रहेको उल्लेख छ । राप्रपाले यो निर्णय तत्काल फिर्ता लिन र सुलभ ढंगले समयमै मल आपुर्तीको व्यवस्थापन मिलाउन र मल आपुर्तीको समस्या दिर्घकालिन समाप्त गर्न देशभित्रै मल कारखाना स्थापनाको प्रकिया प्रारम्भ गर्न समेत सरकारको ध्यानआकर्षण गरेको छ ।

रासायनिक मल सम्बन्धमा पार्टीको ७७ ओटै जिल्ला समितिले एक हप्ता भित्र जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय लिएको छ ।

हाल बैंकहरुबाट ब्याज बढ्न थालेको साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठुलो र नकारात्मक असर परिरहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले ऋणीहरुसँग उठाएको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको व्याज घटाउन र देशमा वित्तिय सन्तुलन कायम राख्न साथै बैंकको ब्याजदरको विषयमा आन्दोलनरत व्यावसायिहरुको माग तत्काल सम्बोधन गर्न समेत माग गरेको छ । फागुन २५ गते भएको राष्ट्रपति निर्वाचमा पनि राप्रपा तथस्टमा बसेको थियो ।