
पूर्णपुष्टि, १ चैत्र ।
नेकपा माओवादी केन्द्रको प्रभावशाली नेता अनिल अधिकारीको निधन भएको छ । अधिकारीको गएराति निजि निवासमै निधन भएको हो । अधिकारी लामो समय नेपाली राजनितिमा होमिएर नेपाली जनताको सेवामा सम्लग्न थिए । उनि उदयपुर जिल्लाको पार्टी अध्यक्ष समेत हुन भने पूर्व लडाकु पनि थिए । युद्धबाट बाँचेर फिर्किएका अधिकारीलाई जिउँदो सहिदको रुपमा समेत लिने गरिएको छ । अधिकारीको पार्थिर शरिरलाई पार्टी कार्यालयमा श्रद्धान्जली सभा पछि अन्यष्टि गरिने कार्यक्रम रहेको छ ।
