Saturday, April 25News That Matters

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

पूर्णपुष्टि, फागुन ३० । उदयपुरमा लागुऔषध सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ जनप्रेमि टोल बस्ने २६ बर्षीय सारंस राई र सोही वडा बस्ने २३ बर्षीय पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार जिप्रका उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले राईलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागुऔषध सहित प्रकाउ गरेको हो । प्रहरीले उनको साथबाट ब्रुपिनोरफिन–११ एम्पुल, डाईजेपाम–११ एम्पुल, फेनार्ग–११ एम्पुल गरी जम्मा ३३ एम्पुल र सिरिन्ज १३ वटा मध्ये १ वटा भरीएको समेत फेला परेसँगै नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोमबार गाईघाट स्थित पिपल चोकमा जिप्रकाबाट खटिएको विशेष प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा तामाङलाई लागुऔषध सहित पक्राउ गरेको डिएसपी चौधरीले बताए ।तामाङ सवार ना.२६प. ८३७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा सिट मुनीको डिक्की भित्र लुकाई ल्याएको फेनार्गन १५ एम्पुल, डाईजेपाम १४ एम्पुल र आईपिल १५ एम्पुल गरी जम्मा ४४ एम्पुल फेला परेसँगै स्कुटर सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुबैजनालाई जिप्रका उदयपुरमा ल्याई लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।