Wednesday, June 10News That Matters

माझखर्कको कृषि बजार व्यवस्थित गर्न कार्य समिति गठन

पूर्णपुष्टि,चैत्र १५ । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर १ माझखर्कमा कृषि बजार व्यवस्थित ढंगले संञ्चालन गर्न कार्य समिति गठन गरिएको छ । बुधवार स्थानीहरु बिच छलफलबाट गन्जु शेर्पाको अध्यक्षतामा कार्य समिति गठन गरिएको हो ।

उक्त छलफलले समितिको उपाध्यक्ष भीम बहादुर पुलामी मगर, कोषध्यक्ष मधुकर मगर, स. कोषध्यक्ष बिश्ना राई र स.सचिवमा प्रेम बहादुर कार्की रहने गरी निर्णय गरेको हो । यता म. सचिवमा भने निर्मला मगर रहेका छन् ।

सदस्यमा क्रमस नुर्कु छिरिङ्ग शेर्पा,दोर्जे लामा,हर्क बहादुर तामाङ,राजन मगर,मनोज बुढाथोकी, नजर बहादुर खड्का,तीलक बहादुर तामाङ,शिवन राई, होम बहादुर तामाङ, निलिम राई, सीता राई,धन कुमारी तामाङ,दिपक मुखिया,रविन राई र दान बहादुर मगर रहेका छन् ।