Tuesday, June 9News That Matters

मेस्सीको ह्याट्रिकमा कुराकाओमाथि अर्जेनटिनाको फराकिलो जित

पूर्णपुष्टि, चैत्र १५ । कप्तान लिओनल मेस्सीले ह्याट्रिक गोल गर्दा मैत्रीपूर्ण खेलमा कुराकाओमाथि अर्जेन्टिनाले फराकिलो जित निकालेको छ । बुधबार बिहान घरेलु मैदान ब्युनर्स आयर्समा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७–० गोल अन्तरले हराएको हो ।

कप्तान मेस्सीले खेलको २० औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने अर्जेन्टिनाका लागी १०० गोल पुरा गरेका थिए । त्यस्तै खेलको २३औं मिनेटमा निको गोन्जालेज र ३५ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेका थिए । त्यसयता कप्तान मेस्सीले खेलको ३३औं र ३७ औं मिनेटमा गोल गरी पहिलो हाफमा ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो हाफको ७८ औं मिनेटमा एन्जल डि मरियाले र ८७औं मिनेटमा गोन्जालो मोनिटेलले गोल गर्दै फराकिलो जित निकालेको हो ।

मेस्सी अन्तराष्ट्रिय फुटबलमा सय गोल पुरा गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले अर्जेन्टिनाका लागि १७४ खेलमा १०२ गोल गरेका छन् । इरानका अली दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र अन्तराष्ट्रिय फुटबलमा सय गोल पुरा गरेका छन् ।