
पूर्णपुष्टि, बैशाख ३१
माटोको ढिस्कोमा पुरिदा बाग्लुङमा आमा छोराको ज्यान गएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका आमाछोराको माटोको ढिस्कोले ज्यान लिएको हो ।
निसीखोला गाउँपालिका–२ फलाँटेचौर रातमाटाकी ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
घटना शुक्रबार दिउँसो साढे दुई बजे भएको हो । अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
