
पूर्णपुष्टि, असोज १
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पार्टी कार्यालय बानेश्वरमा राखिएको छ । बानेश्वर स्थित आलोकनगरमा रहेको पार्टी कार्यालयको उद्घाटन शुक्रबार पार्टीका अध्यक्ष माधव कुमार नेपाले गर्नुभयो ।
चार तले घरमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन् । माथिल्लो तलामा हल बनाउने काम भइरहेको छ । एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए ।
