
पूर्णपुष्टि, असोज ७ गते ।
मावन बेचविखन तथा ओसारपसार मुद्दामा अदालतले दोषी ठहर गरेका तीन जना फरार नागरिक पक्राउ परेका छन् । कैज सजाय भुक्तान नगरिकन फरार रहेका तीन जनालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । बेलबारी नगरपालिका–६ का भरत यादव, धरेन झा र बेलबारी–९ की तिलोदेवी पण्डित (कुम्हाल) पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।

डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत मोरङले मावन बेचविखन तथा ओसारपसार मुद्दामा २०७६ साल जेठ १५ गते उनीहरुलाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको थियो । अदालतले यादवलाई ११ महिना २७ दिन, झालाई ५ महिना २७ दिन र पण्डितलाई ५ महिना ५ दिन कैद सजायको फैसला गरेको हो ।
अदालतले ३ वर्षअघि नै दोषी ठहर गरे पनि फरार रहेका कारण उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । प्रहरीले पक्राउ गरेर पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि बिहीबार कारागार चलान प्रहरीले जनाएको छ ।
